हेटौंडामा रात्रीकालीन ड्युटीका प्रहरीको ध्यान कता ?

बीस लाख बराबरको सामान र तीन लाख नगद चोरी
लोकखबर
११ जेष्ठ २०७६, शनिबार ०७:३०

मकवानपुर । मकवानपुरको हेटौंडामा राती एउटा इलेक्ट्रोनिक पसलबाट नगद तथा सामान चोरी भएपछि ड्युरीमा रहने प्रहरीमाथि नागरिकले आशंका गरेका छन् ।

हेटौंडा ४ पारिजातपथको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सेन्टरबाट नगद तीन लाख रुपिया तथा करिब २० लाख रुपिया बराबरको सामान जेठ ८ गते राती चोरी भएको हो । पसलका संचालक उमेश घिमीरेका अनुसार राती ९ बजे पसल बन्द गरेर आफू घर गएको तर भोलीपल्ट दिउशो आएर पसल खोल्न खोज्दा सटर नै खुल्ला भएको थियो । पसल चोरी भएको पाएपछि आफूले जिल्ला प्रहरी मकवानपुरमा खबर गरेको उनको भनाई छ ।

पसलमा सामान थपिएको थाहा पाएर जानकार व्यक्तिबाट चोरी भएको हुनसक्ने पसल संचालकले आशङ्का गरेका छन् । रात्रीकालीन समयमा ड्युटीमा रहनुपर्ने प्रहरीले विशेष आफ्नो ड्युटी राम्रोसंग गरेको भए पसल चोरी हुन नसक्ने अवस्था रहेको स्थानीय बताउँछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*