पशु स्वास्थ्य तथा परजीवी नियन्त्रण कार्यक्रम

– पशुपालक किसानहरु उत्साहित
लोकखबर
२०८३ जेष्ठ ३०, शनिबार १४:२१

बिदुर  पशुपालक किसानहरुको सुविधाका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङमा पशु स्वास्थ्य तथा परिजीवी नियन्त्रण कार्यक्रम सन्चालन गरिएको छ । यसवाट किसानहरु निकै उत्साहित भएका छन् । किस्पाङ गापाको चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउंटोलमै पुगेर उक्त कार्यक्रम गरिएको हो ।

किस्पाङ गापा ४ नं वडा कार्यालयमा सञ्चालन गरिएको निःशुल्क पशु स्वास्थ्य शिविर तथा परजीवी नियन्त्रण कार्यक्रम सम्पन्न भएको छ । उक्त शिविरमा पशु उपचार सेवाहरू प्रदान गरिएको थियो । जसमध्ये ८४ वटा नमूना गोबर परीक्षण, एकसय १० वटा गाई÷भैँसीको परिक्षण, एकहजार तीनसय २९ वटा भेडा/बाख्रा परिक्षण, ५७ वटा कुखुरा र तीन वटा कुकुरहरुको स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधि वितरण तथा उपचार गरिएको किस्पाङ गापा पशु सेवा शाखाले जनाएको छ ।


सर्वाधिक रुचाइएको