राष्ट्रिय रनिङशिल्ड दोहोरी प्रतियोगिता सुरु
बिदुर – लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्धेश्यले नुवाकोटको बिदुरमा नवौंैँ राष्ट्रिय रनिङशिल्ड लोक दोहोरीगीत प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा विभिन्न लोकदोहोरी समूहहरुले प्रतिस्पर्धा गरिरहेका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजना तथा नुवाकोट शाखाको व्यवस्थापनमा शुक्रवारदेखि नवौंैँ राष्ट्रिय रनिङशिल्ड लोक दोहोरीगीत प्रतियोगिता सनचालन भएको हो ।

उक्त प्रतियोगिताको कार्यक्रमकावीच वागमति प्रदेशका मुख्यमन्त्रि बहादुरसिंह लामातामाङले उद्घाटन गरे । उनले स्थानीय लोक कलाको पहिचान, सम्वद्र्धन तथा उत्थानका लागि यस प्रकारको प्रतियोगिताले सार्थकता दिने वताए । उनले संस्कृति र परम्परा नेपालको मौलिकता भएकोसमेत वताए ।

नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामा विजेता तथा उपविजेता समूहहरुले नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । विजेताले नगद तीनला, उपविजेताले् नगद दुईलाख र तृतीय हुने समूहले नगद एकलाख रुपैयाका साथै ट्रफि, प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरको अध्यक्षतामा सन्चालित प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बिदुर नपाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले कला, संस्कृति र मौलिकताले पहिचान प्रवद्र्धनमा मद्धत पुगने वताए ।

प्रतियोगिता तीन दिनसम्म बिदुरस्थित इलम प्रशिक्षण केन्द्र परिसरमा सन्चालन भइरहेको छ । लोक तथा दोहोरी गीत क्षेत्रमा नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको क्षमता प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठानले प्रतियोगिता हरेक वर्ष नियमित रूपमा सन्चालन गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष थापाले वताइन् । लोकसंगीत, लोककला र संस्कृतिलाई सम्मान र कर्मको निरन्तरता दिर्दै नवौं संस्करणसम्म आइपुगेको उनले बताइन् ।

गत वर्ष चितवनमा सम्पन्न भएको सोे राष्ट्रिय प्रतियोगिता यस वर्ष धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक भूमि नुवाकोटमा गरिएको हो । यस प्रतियोगिताले स्थानीय स्तरमा परम्परागत लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य रहेको छ । देशभरबाट आएका कलाकारहरूबीच उत्कृष्ट र सिर्जनात्मक प्रतिस्पर्धा गराउने अपेक्षा प्रतिष्ठानले लिएको छ । प्रतियोगितामा उत्कृष्ट गायक तथा गायिकासमेत पुरस्कृत गरिने जनाइएको छ ।


















































