भारतीय नागरिकको यस्तो धन्दा

लोकखबर
२० जेष्ठ २०७६, सोमबार २२:२१

मकवानपुर । लागुऔषध सहित एक जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारत बिहार सितामढी बथनहा घर भएका ३५ वर्षिय बिक्की कुमार झा विभिन्न प्रकारका लागुऔषध सहित प्रहरीको नियन्त्रणमा परेका हुन् ।
मकवानपुर प्रहरीका अनुसार हेटौंडा १९ स्थित पूर्व पश्चिम लोकमार्गमा सर्लाहीबाट चितवन तर्फ जाँदै गरेको बा ४७ प ४९८१ नम्बरको मोटरसाईकलबाट नाईट्रोभेट १६२ ट्याब्लेट र नाईट्रोसन २० ट्याब्लेट सहित उनी पक्राउ परेका हुन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*