विद्यार्थीहरुलाई झोला वितरण

– टेलिकमद्वारा हस्तान्तरण
लोकखबर
२०८३ असार २, मंगलवार ००:४५

बिदुर – नुवाकोटको तुप्चेका विद्यार्थीलाई विद्यालय झोला वितरण गरिएको छ । यसवाट विद्यार्थीहरुलाई सुविधा पुगेको छ । नेपाल टेलिकम त्रिशूली शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विदुर नगरपालिका–७ तुप्चेमा रहेको चण्डेश्वरी माविमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय झोला (ब्याग) वितरण गरेको हो ।

विद्यालयमा सोमवार आयोजित कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३० जना विद्यार्थीहरूका लागि शैक्षिक सामग्रीस्वरूप विद्यालय झोला बितरण गरिएको हो ।
विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने तथा शिक्षाप्रति थप उत्साहित गर्ने उद्देश्यले झोला प्रदान गरिएको नेपाल टेलिकम त्रिशूली शाखाका प्रमुख बिष्णुप्रसाद भण्डारीले जानकारी दिए । गरिव, जेहेन्दार, पिछडिएका वर्ग तथाख समावेशीलाई अधाारण वनाएर छनौट गरि झोला प्रदान गरिएको हो ।

नेपाल टेलिकमले उपलब्ध गराएको सहयोगले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुगेको विद्यालयका प्रधानाध्यापक गणेश लामिछानेको भनाई छ । उनले यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अध्ययनप्रति सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक हरिप्रसाद रिजाल, नेपाल टेलिकम त्रिशूली शाखाका सहायक प्रशासकिय अधिकृत अनन्तप्रसाद कोइराला, बिद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सहभागीहरूले शिक्षा क्षेत्रमा निजी तथा सार्वजनिक संस्थाहरूबाट हुने सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन् ।विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ उपलब्धि सुधार तथा विद्यालयप्रति आकर्षण बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाएको छ । शिक्षामा यस प्रकारको सहयोगमूलक गतिविधिले विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा मद्धत पुग्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास र आकर्षण वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 


सर्वाधिक रुचाइएको