मकैको विउ उत्पादन कार्यक्रम
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिकामा मकैको बीउ उत्पादन कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रमअन्र्तगत किसानहरुलाई विभिन्न कृषि उपकरणहरु प्रदान गरिएको छ । बेलकोटगढी नपा १० स्थित नमूना कृषक सहकारी संस्थामा आवद्ध किसानहरुलाई मकै बीउ उत्पादन कार्यक्रमअन्र्तगत कृषक तालिम तथा कृषि सामग्री बितरण गरिएको हो ।

बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहालले सहकारीमा आवद्ध किसानहरुका लागि नौ प्रकारका कृषि उपकरणहरु हस्तान्तरण गरे । उनले किसानहरुले समयसंगै आधुनिक खेति प्रणालीमा किसानहरु आवद्ध हुनुपर्ने र मकैलगायत अन्य कृषि उपजहरुको उत्पादनसमेत वढाउनुपर्नेमा जोड दिए । खुमल र अरुण तेश्रो जातको मकै सिफारिस गरिएको सो नपाले जनाएको छ ।

सहकारीमा आवद्ध किसानहरुका लागि मकै रोप्ने मेशिन, मकै छोडाउने मेशिन, विउ उत्पादनका लागि आवस्यक किटनासक औषधिहरु, स्प्रेयर, मकै सुकाउने पाललगायत नौ प्रकारका सामग्रीहरु किसानहरुलाई हस्तान्तरण गरिएको हो । किसानहरुको उत्पादनमा वढोत्तरी गर्न उक्त कार्यक्रम सन्चालन गरिएको बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङको भनाई छ ।

















































