बिद्यार्थीहरुलाई झोला प्रदान
– अध्ययनप्रति उत्साहित
बिदुर – विद्यार्थीहरुलाई अध्ययनप्रति उत्साहित गराउने उद्धेश्यले नुवाकोटको गेर्खुस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु निकै खुसी भएका छन् ।

विदुर नगरपालिका ११ स्थित कालिका माविको शिसु कक्षा देखि कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा लायन्स क्लव अफ नुवाकोट बाराहीको आयोजनामा पहिलो चरणमा छनौट गरिएका ३५ जना विद्यार्थीहरूको लागि स्कुल व्याग वितरण गरिएको क्लवका अध्यक्ष शान्तिदेवी प्रधानले जानकारी दिइन् ।

















































