जनप्रियमा कृषि प्रदर्शनी

लोकखबर
२७ जेष्ठ २०७६, सोमबार २१:१०

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले राष्ट्रिय कृषि दिवसका अवसरमा कृषि प्रदर्शनी आयोजना गरेको छ ।

प्रर्दशनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका विभिन्न कृषि सम्बन्धि सामाग्री राखिएको थियो ।

प्रदर्शनीमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले वर्तमान समय प्राविधिक शिक्षाको भएको बताए । उनले भने,‘ अहिलेको युगमा प्राविधिक शिक्षा अति आवश्यक छ ।’

प्रदर्शनीमा हेटौडा १६ का अध्यक्ष रामकृष्ण कोइराला, विद्यालयका प्रधानाध्यापक नवराज अर्याल लगायतले आफ्नो धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*