भीरबाट लडेर गम्भीर
– काठमाडौमा उपचार
बिदुर – नुवाकोटको गेर्खुमा भीरवाट लडेर एक युवक गम्भीर घाइते भएका छन् । उनको काठमाडौमा उपचार भइरहेको छ । बिदुर नगरपालिका १० गेखुस्थित चिमेछाँयापाखा सामुदायिक बनमा भोजपुरको रामप्रसाद गापा १ पोखरेटोलका ५० वर्षिय राजन राई कम्पनीमार्फत सल्लाको रुखको खोटो निकाल्न भनि गएकोमा चिमेछाँयापाखा वनको भिरबाट करिव पांचसय मिटर तल पाखामा खसेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको टाउको, मुख, शरिरलगायत बिभिन्न भागमा चोट लागी गम्भिर घाइते भई स्थानीयबासी र प्रहरीले उद्धार गरी उपचारको लागी त्रिशूली अस्पताल नुवाकोट पठाईएकोमा हाल काठमाडौमा उपचारमा भइरहेको बिदुर नपा १० का वडाध्यक्ष गणेशकुमार नेपालको भनाई छ ।










































