अनाथ बालबालिका संरक्षण कार्यक्रम
बिदुर – आमा–बुबाविहीन बालबालिकालाई नुवाकोटको विदुर नगरपालिकाद्वारा अनाथ बालबालिका संरक्षण कार्यक्रम सन्चालन गरिएको छ । उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । बिदुरमा आयोजित कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठले आमा–बुबा विहीन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत बिदुर नपा १, ३, ६ र ९ का १० जना आमा–बुबाविहीन अनाथका रुपमा रहेका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता बापतको नगद रकम वितरण गरेका हुन् ।

उनले बालवालिकाको संरक्षणका लागि बिशेष कार्यक्रम सन्चालन गरिएको बताए । आमा–बुबाको संरक्षणबाट वञ्चित बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य तथा समग्र विकासमा सहयोग पु¥याउँदै उनीहरूको जीवनलाई सुरक्षित, सम्मानित र भविष्यप्रति आशावादी बनाउनु कार्यक्रमको उद्देश्य रहेको मेयर श्रेष्ठको भनाई छ । विदुर नपाले बालअधिकारको संरक्षण, सामाजिक न्यायको प्रत्याभूति तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको हितलाई मध्यनजर गरि यस्ता सामाजिक संरक्षणका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

आमा–बुबाविहीन बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्य तथा समग्र विकासमा सहयोग पु¥याई उनीहरूको जीवनलाई सुरक्षित, सम्मानित र भविष्यप्रति आशावादी बनाउन उक्त कार्यक्रम सञ्चालन गरिएको बिदुर नपा कार्यालयले जनाएको छ । बालअधिकारको संरक्षण तथा सामाजिक न्यायको प्रत्याभूति गर्दै आमा–बुबाविहीन तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको हितमा यस प्रकारका सामाजिक संरक्षण कार्यक्रमलाई निरन्तरता दिँदै जाने बिदुर नपाले जनाएको छ ।











































