लोकतन्त्र र संवैधानिक प्रणाली रक्षा गर्नु जरुरीः सचिव बस्नेत
बिदुर – नेकपा एमालेका केन्द्रीय सचिव तथा पुर्वमन्त्रि महेश बस्नेतले देशमा लोकतन्त्र र संवैधानिक प्रणाली संकटमा परेको वताएका छन् । पछिल्लो समय देशमा नेपाली जनताले ल्याएको लोकतन्त्र र संवैधानिक प्रणाली संकटमा परेकाले यसको रक्षा गर्नु अवको दायित्व रहेको उनले वताए । नुवाकोटको बिदुरस्थित गंगटेमा आयोजित जिल्लास्तरिय भेलाको उद्घाटन गर्दै सचिव वस्नेतलले सरकारले देशमा निरंकुशता लादिरहेको आरोप लगाए ।

उनले सरकारले गरेको व्यवहार र चरित्रले देशमा निरंकुशताको उदय भएको र अधिनायकवाद हाव िभइरहेको दावी गरेका हुन् । देशमा लोकतन्त्र, संवैधानिक प्रणाली, संघीयता र जनताका हक, अधिकार गम्भीर संकटमा परेको सचिव वस्नेतले दावी गरे । उनले सम्वृद्धि हराउंदै गएको र देश कमजोर हुदै गइरहेको दावी गरे ।

सरकारले देशमा जनताको हक र अधिकारका लागि लामो समयदेखि लडेका दलहरुले केहि पनि गरेनन् भने भाष्य सिर्जना गरेर दलहरुप्रति भ्रम सिर्जना गरिएकोसमेत वताए । उनले अगाडि भने–देशको इतिहासि कसैले छेकेर, छेकिदैन । देशमा सम्वृद्धि र जनताको अपेक्षा अनुसारको विकासका लागि बाम दलहरु फेरी एक ठाउंमा आउनुको विकल्प नरहेको पनि सचिव वस्नेतले वताए ।

सचिव वस्नेतले लोकतन्त्र, जनअधिकार र संवैधानिक प्रणालीको रक्षार्थ बाम दलहरुवीच कार्यगत एकता सुरु भएकोसमेत वताए । विगतका कमीकमजोरीहरु सच्याउंदै, सुधार गर्र्दै जनतामाझ गएर बाम दलहरुवीच कार्यगत एकता सुरु भइसकेको सचिव वस्नेतले वताए । देश र जनताका लागि बाम दलहरु एकस्थानमा उभिन सुरु भएको उनले वताए ।

एमालेका बागमती प्रदेश इञ्चार्जसमेत रहेका सचिव बस्नेतले सरकारले एमालेलाई प्रतिशोधपुर्ण व्यवहार गरिरहेको पनि वताए । उनले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले सेयरको कारोबारको कुरा पनि उठाए ।

उनले अगाडि भने, ‘न त्यो मालपानी समातेको छ, न त्यो चुन्नु पौडेल समातेको छ, न मालपानीको ८ करोडको गाडी चढ्ने र २ किलो सुन राख्नेलाई समातेको छ, न त त्यो दीपक भट्टसँग सेयर किन्नेलाई कारबाही गरेको छ, छ त प्रतिशोधपुर्ण व्यवहारवाट विष्णु पौडेललाई समातेको छ ।’ कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज केशवराज पाण्डे, केन्द्रीय सदस्य विन्दा ढुंगाना, वागमति प्रदेश कमिटि सदस्य वलराम आचार्य, जिल्ला पार्टी सचिव शिवकुमार चित्रकारलगायतले सरकारले एकदलीय प्रणाली हावी गरिरहेको वताए ।

कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, पार्टी संगठनको सुदृढीकरण, आगामी संगठनात्मक कार्यक्रम, जनपरिचालन तथा पार्टीका समसामयिक विषयमा छलफल गरिएको उपसचिव राजेन्द्रप्रकाश पाण्डेको भनाई छ । उनका अनुसार बैठकबाट संगठनलाई थप प्रभावकारी बनाउने, कार्ययोजना तय गर्ने तथा आगामी कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा विविध निर्णयसमेत गरिएको छ । सहभागीहरुले लोकतन्त्र र जनअधिकारको पक्षमा दलहरु एकजुट हुनुपर्नेमा जोड दिए ।













































