मानव अधिकारबारे हेटौंडामा यस्तो बहस

लोकखबर
२७ जेष्ठ २०७६, सोमबार २३:०८

मकवानपुर । नागरिकले अधिकारसंगै आफ्नो कर्तव्यलाई भुल्न नहुनेमा जोड दिइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ को आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौंडाको समन्वयमा भएको मानव अधिकारमुखी विकास पद्धति विषयक गोष्ठीमा यस्तो जोड दिइएको हो।

कार्यक्रममा प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले अधिकारका निम्त नेपालमा समस्या नभएको बताए । कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुङ्गेलले आफ्नो सरकार मानब अधिकारको पक्षमा रहेको बताए ।

भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अधिकार संगै कर्तव्य पालना गर्ने विषयमा नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोगका निर्देशक यज्ञप्रसाद अधिकारी, डा.खिमलाल देवकोटा, प्रदेशका मुख्यसचिव आनन्दराज ढकाल लगायतले मानव अधिकारको सवालबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*