किसानलाई मिनिट्रिलर प्रदान

– आधुनिक खेति प्रणालीमा जोड
लोकखबर
२०८३ असार २१, आईतवार १५:०९

बिदुर – किसानहरुलाई आधुनिक खेति प्रणालीमा आकर्षित गर्ने उद्धेश्यले मिनिट्रिलर प्रदान गरिएको छ । यसवाट किसानहरु उत्साहित भएका छन् ।

बेलकोटगढी नगरपालिका ८ कार्यालयको आब २०८२/२०८३ बिनियोजित रकमवाट किसानहरुलाई आधुनिक मिनिट्रिलर प्रदान गरिएको हो । १७ जना किसानहरुले ति सामग्री पाएका हुन् ।

बेलकोटगढी नपाको ५० प्रतिशत अनुदानमा उक्त उपकरण हस्तान्तरण गरिएको हो । बेलकोटगढी ८ का वडाध्यक्ष सुरेशलाल चित्रकारले अनुदानको मिनिट्रिलर किसानलाई हस्तान्तरण गरेका हुन् ।

 


सर्वाधिक रुचाइएको