नागरिकको विस्वासलाई निरन्तरता दिन जरुरीः मन्त्रि वादी

सरकार संवेदनशील र जनमैत्री भइरहेको दावी
लोकखवर राजनीतिक व्युरो
२०८३ असार २१, आईतवार १५:२०

बिदुर – महिला, बालबालिका, लैङ्गिक तथा अल्पसंख्यक सामाजिक सुरक्षामन्त्री सीता वादीले नागरिकको विस्वासको निरन्तरताको आवस्यक रहेको वताइन् । उनले सरकार महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै नागरिकको अधिकार, सुरक्षा र हित संरक्षणमा संवेदनशील र जनमैत्री भइरहेको दावी गरिन् । मन्त्री बादीले नुवाकोटमा सर्वसाधारण, आफ्नो दलको पार्टी कार्यालय, विद्यालय तथा सुरक्षा निकायसंग अन्र्तक्रिया गरेकी हुन् ।

नुवाकोट २ का प्रतिनिधि सभा सदस्य डा.अचुतम लामिछानेसंगै नुवाकोटमा मन्त्रि वादीले समसामयिक विषयमा केन्द्रीत साक्षात्कार गरेकी हुन् । मन्त्री बादी कारागार, भैरबी मन्दिर, जिर्ण अवस्थामा रहेको बिदुरको बाल मन्दिर हुदै रास्वपाको जिल्ला कार्यालय बट्टारमा अन्र्तक्रिया गरेकी हुन् । उनले बिदुरस्थित जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, महिला हिरासत कक्ष लगायत अन्य शाखाहरूको निरीक्षण गरेकी हुन् ।

उनले शान्ति–सुरक्षा, कानूनी शासन तथा नागरिकको विश्वास कायम गर्न सवै पक्ष क्रियाशील हुनुपर्ने वताइन् । उनले विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सम्पूर्ण नागरिकको अधिकार, सुरक्षा र हित संरक्षणका लागि संवेदनशील, उत्तरदायी, प्रभावकारी तथा जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिईन् । मन्त्री वादीले महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित सबै नागरिकको अधिकार, सुरक्षा र हित संरक्षणमा संवेदनशील र जनमैत्री भएर काम गर्न निर्देशन दिइन् ।

स्थलगत निरीक्षणका क्रममा मन्त्रि वादीले सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र जनता केन्द्रीत कार्यालयबाट भइरहेका कामबारे जानकारी लिएकी छन् । मन्त्री वादीले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउनु प्रहरीको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य सेवाग्राहीप्रति अझ बढी जिम्मेवार र उत्तरदायी भएर काम गर्न आग्रह गरिन् । उनले सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा जनताको पक्षमा कार्य गरिरहेको मन्त्रि वादीले वताइन् ।


सर्वाधिक रुचाइएको