बकैयामा मानव अधिकार आयोगको कार्यशाला

लोकखबर
२८ जेष्ठ २०७६, मंगलवार २१:२७

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ३ ले मानव अधिकारमुखी विकास पद्दतिसम्बन्धी एक दिवशीय कार्यशाला आयोजना गरेको छ ।

मानव अधिकारको विषयलाई विकाससंग जोड्ने,विकास आयोजना सञ्चालन गर्दा जन सहभागितालाई अभिवृद्दि गर्दै सिमान्तकृत वर्गका मानव अधिकारलाई अगाडी बढाउन तथा गाउँपालिकाद्वारा गरिने विकास निर्माण कार्यक्रम दुर्गम क्षेत्रलाई प्राथमिकता दिई मानव अधिकारबारे जन चेतना अभिवृद्दि गर्ने उदेश्यले आयोजित कार्यशाला बकैया गाउँपालिका र बाल कल्याण समाज मकवानपुरले समन्वय गरेको हो ।

गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा गाउँपालिका उपाध्यक्ष सरला बोलखे, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, गाउँपालिकाका विभिन्न वडाका जन प्रतिनिधीको आतिथ्यता थियो ।

कार्यशालामा विकासमा मानव अधिकारमुखी अवधारणाका विषयमा आयोगका निर्देशक यज्ञप्रसाद अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगको काम, कर्तव्य तथा अधिकारबारे आयोगका लेखा अधिकृत रारा कर्माचार्य, बाल अधिकारका सम्बन्धमा स्थानीय सरकारको भूमिकाका विषयमा बाल कल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडा, हिंसा पीडितको मानव अधिकार संरक्षण सम्बन्धि स्थानीय सरकारको भूमिकाका विषयमा सरिता ज्ञवालीले सहजीकरण गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*