बिद्यालयलाई आधुनिक शैक्षिक सामग्री

– वैंकद्वारा सहयोग
लोकखबर
२०८३ असार २३, मंगलवार १०:४३

बिदुर – नुवाकोटको चौघडास्थित एक विद्यालयलाई आधुनिक शैक्षिक सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरुको शैक्षिक गतिविधिमा मद्धत पुगेको छ ।  लिखु गाउंपालिका ४ चौघडास्थित क्षेत्रपाल माविलाई माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आधुनिक शैक्षिक सामग्री  प्रदान गरेको हो ।

क्षेत्रपाल अलम्नाइ एसोसिएशनको समन्वयमा विद्यालयमा पुगेर वैंकले उक्त सामग्री हस्तान्तरण गरेको हो ।   यस प्रकारको महत्वपूर्ण सहयोगले विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यमा सूचना प्रविधिको प्रयोगमा प्रभावकारिता अभिवृद्धि हुने विश्वास गरिएको लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठको भनाई छ । उनले आधुनिक शैक्षिक उपकरणको सदुपयोग गरेर प्रविधियुक्त शिक्षा लिन विद्यार्थीहरुलाई आग्रह गरे ।


सर्वाधिक रुचाइएको