कारको ठक्करबाट तामाङको मृत्यु

लोकखबर
३० जेष्ठ २०७६, बिहीबार ०६:३१

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाको भैसेमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक सुपारेटार ब्यारेकमा लेस नायक पदमा कार्यरत ३० बर्षीय विवेश तामाङ मृत्यु भएको हो ।

गएराती कारले ठक्कर दिएपछि तामाङलाई हेटौंडास्थित चुरेहिलमा उपचारका लागि लगिएको थियो । चुरेहिलमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहका अनुसार तामाङको उपचारका क्रममा मृत्यु भएको हो । तामाङको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

ठक्कर दिने कार तथा कार चालक भक्तपुर सुर्य विनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*