मकवानपुरगढी ६ मा विकास निर्माणका काम धमाधम
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा विकास निर्माणका कार्य धमाधम भइरहेका छन् ।
वडाका विभिन्न स्थानमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई लगायत क्षेत्रमा विकास सम्बन्धि कार्य धमाधम भइरहेको हो ।
वडा अध्यक्ष टिकाप्रसाद दाहालका अनुसार वडामा विभिन्न विकासका कार्य भए सम्पन्न भए भने आगामी वर्षमा पनि विभिन्न विकास निर्माण सम्बन्धि कार्य हुनेछ ।
सडक :
भालुखोला हुदैं झल्ला २ सय २४ मिटर सडक अनुमानित ७० लाख लागत सम्पन्न भएको छ भने धादिङपाखा हुदै ठूलोसल्ले सडक ४ सय ३५ मिटर सडक ४० लाख लागत सम्पन्न भएको छ ।
यस्तै, भालुखोला, च्याफल भञ्ज्याङ आमभञ्ज्याङ सडकको स्तरोन्नती, बागदली, र्गुदुम सरमपुर, च्याफल भञ्ज्याङ स्तरोन्नती, अदालत सरमपुर सडक स्तरोन्नती, भालुखोला पानीघाट आमभञ्ज्याङ् सडक निर्माण स्तरोन्नती, भालुखोला, धादिङपाखा, गुर्दुमखोलासम्म स्तरोन्नती, डुम्रेकुना, अदालत सरमपुर बासुदेवमार्ग स्तरोन्नती सम्पन्न भएको छ ।
गुर्दुमखोला, बागदली सिम्लेखोला सडक निर्माण कार्य सुभारम्भ गरिएको छ । कुल २३ लाख ७६ हजारको १ सय ७० मिटर सडकको निर्माण कार्य सुभारम्भ गरिएको हो । यस्तै, डुम्रेखोल्सीदेखि डुम्रेकुना चौरसम्म सडक निर्माणको तयारी थालिएको पनि अध्यक्ष दाहालको भनाई छ ।
खानेपानी :
वडाका लागि सबै नागरिकलाई सहज रुपमा खानेपानीको प्रबन्ध गर्ने वडाको योजना रहेको छ ।
दश लाख रुपैया लागतमा खानेपानी पाइप धारा र व्यवस्थापनका लागि मिटर खरिद गरी कार्य भइरहेको छ ।
एक घर एक ट्युवेल कार्यक्रमका लागि ६ लाख रुपैयाको बजेट विनियोजन गरी कार्य सुरु भइसकेको अध्यक्ष दाहालले जानकारी दिए । खानेपानी सबैको लागि वडाले अभियान नै बनाएको छ – वडाको माथिल्लो भेगमा एक घर एक धारा र तल्लो भेगमा एक घर एक ट्युवेल कार्यक्रम । यो योजना पूरा नहुञ्जेलसम्म निरन्तर जारी रहनेछ ।
बस्ती संरक्षण :
वडाको विभिन्न जोखिम स्थानमा रहेका बस्ती संरक्षणका लागि सरोकारवालासंग समन्वय गरी बस्ती संरक्षणका लागि कार्य गर्ने योजना छ ।
गाउँपालिका, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, शिवम् सिमेन्ट उद्योगसंग समन्वय गरेर ९८ मिटर आरसीसी चेक ड्याम, पाँच सय घनमिटर तारजाली, जोखिम क्षेत्रको खोला खोली संरक्षणको कार्य गरिने जनाइएको छ । यो योजनाले डुम्रेकुना, झल्ला, ठूलीबेशी, गोठदमार, सरमपुरफेदी र घोप्टेबेशी र तटिय क्षेत्रलाई नदीकटानबाट जोगाउँने अपेक्षा गरिएको छ ।
स्वास्थ्य :
गाउँपालिकास्तरिय अस्पताल यही वडामा निर्माण गर्नका लागि जग्गा छनौट गरिएको छ । आमभञ्ज्याङ्, डुम्रेकुनामा १५ सैयाको अस्पताल निर्माणका लागि स्थानीय अगुवा पूर्व आमभञ्ज्याङ् गाविस उपाध्यक्ष बुद्दबहादुर स्याङतान र वीरबहादुर लुङ्वाले ९ रोपनी जग्गा दान गरेका छन् । अस्पताल निर्माण कार्य दुई वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
नागरिकलाई वडामा थप स्वास्थ्य सेवा प्रदान गर्नका लागि आगामी वर्षमा साविक आमभञ्ज्याङ् ६ मा स्वास्थ्य इकाई सञ्चालन गर्ने तयारी छ । आगामी आर्थिक वर्षमा साविक आमभञ्ज्याङ् ६ मा पनि स्वास्थ्य इकाई सञ्चालनको तयारी रहेको वडा अध्यक्ष दाहालको भनाई छ । हाल डुम्रेकुनामा सञ्चालन भइरहेको सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनिरहेको दहालले बताए ।
कृषि :
गाउँपालिकाको वडा नम्बर ६, बागदलीस्थित आइपीएम कृषि सहकारीको भवनमा कृषि र पशुको ल्याब सञ्चालनका लागि तयारी पूरा भएको छ ।
पशु नस्ल सुधार, घाँसखेती, गोठस्ुधारका कार्यक्रम सञ्चालन भइरहेको छ ।
सिचाईं :
वडामा आवश्यकता बमोजिम विभिन्न स्थानमा सिंचाई योजनालाई प्राथमिकता दिइएको छ ।
सामरीखोला, धादिङपाखा लिफ्ट सिंचाई, सामरीखोला बागदली लिफ्ट सिंचाई, सामरीखोला डुम्रेकुना सतह सिंचाई, फुङ्दल खोला घोप्टेवेशी सतह सिंचाई, गुर्दमुखोला चक्रपानी सतह सिंचाई, चुवार सिरान ठूलोसल्ले साना सिंचार्ईको निर्माण कार्य भइरहेको र सम्पन्न हुन नसके आगामी आर्थिक वर्षको योजनाले समेट्ने योजना छ ।
शिक्षा :
गाउँपालिका तथा विभिन्न संघसंस्थाको सहयोगमा मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ६ मा रहेका विभिन्न विद्यालयका भवन निर्माण कार्य भइरहेका छन् ।
जालपादेवी मावि, जनक मावि, इश्वरी प्रावि र कालीदेवी प्राविको भवनहरु निर्माण कार्य अन्तिम चरणमा पुगेका हुन् ।
महिला सशक्तिकरण :
महिलालाई आत्मनिर्भर बनाउँन शिपमुलक तथा आयमूलक कार्यक्रम सञ्चालन भइरहेको छ भने आगामी वर्षमा पनि विभिन कार्यले निरन्तरता पाउनेछन् ।
महिलालाई सिलाई मेसिन वितरण, लोकल कुखुराको चल्ला प्रति परिवार ५० वटाका दरले वितरण ३० जना निम्न आय भएका परिवारलाई वितरण गर्ने वडाको योजना छ ।
यु्वा तथा खेलकुद :
वडाको आमभञ्ज्याङ, डुम्रेकुनामा क्लव भवन निर्माण कार्य भइरहेको छ भने खेलकुद सामग्रीका लागि वडाले बजेट विनियोजन गरेर कार्य अघि बढाएको छ ।
आगामी वर्षको योजना :
वडा अध्यक्ष दाहालले वडाका लागि आवश्यक योजनालाई प्राथमिकीकरण गरेर अघि बढ्ने बताए ।
उनका अनुसार हाल सञ्चालित योजनालाई पूर्णता दिने हिसाबले आगामी वर्षको बजेटलाई प्राथमिकतामा राखिने छ ।
गाउँपालिकाको वडा नम्बर ३ र ६ का बिच गुर्दुमखोलामा दुवै वडा, गाउँपालिका र डिभिजन सडकको समन्वयमा बेलीब्रिज पुल निर्माणको चरण सुरु भएको छ । यो पुल एक वर्षभित्र निर्माण गरिसक्ने योजना छ ।












































