महिलाहरुलाई वित्तिय साक्षरता कार्यक्रम
बिदुर – सुरक्षित आर्थिक कारोवार सम्वन्धि जानकारी दिदै नुवाकोटको बेलकोटगढीमा वित्तिय साक्षरता कार्यक्रम गरिएको छ । यसवाट सहकारी सदस्य महिलाहरुले आर्थिक गतिविधिका सम्वन्धमा जानकार िहासिल गरेका छन् । कृषि विकास वैंक त्रिशूलीको आयोजनामा दिपशिखा सामाजिक उद्यमी महिला सहकारीको व्यवस्थापनमा सो सहकारीमा आवद्ध महिला सदस्यहरुले वित्तिय साक्षरता हासिल गरेका हुन् ।

बेलकोटगढी नगरपालिका १, १० र ११ को पांच स्थानमा सन्चालित उक्त कार्यक्रममा एकसय २५ जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागीहरुलाई सहकारीकी अध्यक्ष रुपा कडेलले वित्तिय सचेतना सम्वन्धि विभिन्न जानकारी गराएकी हुन् । सहभागीहरुलाई बचत, ऋण, वीमालगायतका वित्तिय जानकारी दिइएको थियो ।

उनीहरुलाई सुरक्षित वैंकिङ कारोवारका सम्वन्धमासमेत जानकारी दिइएको छ । सो सहकारीमा एकहजार चारसय ४५ महिला सदस्यहरु आवद्ध रहेका छन् ।

















































