मानव बेचविखन रोकथामका लागि मनहरीमा सडक नाटक

लोकखबर
३१ जेष्ठ २०७६, शुक्रबार १३:२९

मकवानपुर । मकवानपुरको मनहरी गाउपालिका वडा नं ३ मा सुरक्षित बसाई सराई तथा मानव बेचविखन विरुद्द सडक नाटक देखाइएको छ।

नारी सीप सृजना केन्द्र नेपालले आओ इन्टरनेशनल संगको सगको साझेदारीमा सञ्चालन गरिरहेको मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्बद्धन परियोजना अन्तर्गत सडक नाटक प्रस्तुत गरिएको हो ।

मनहरी गाउपालिका वडा नं ३ का अध्यक्ष मानबहादुर स्याङ्तानको अध्यक्षता तथा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यमा सडक नाटक भएको हो ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विष्टले सडक नाटक जस्ता कार्यक्रमले आम नागरिकमा सकारात्मक परिवर्तन ल्याउने बताइन् । कार्यक्रममा माईती नेपालका माया लामा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता थियो ।
परियोजनाका फिल्ड संयोजक उर्मिला गोलेले आम नागरिकमा सडक नाटकमार्फत सुरक्षित बसाइसराइ लाई प्रबद्धन गर्दै मानव बेचविखन नियन्त्रण गर्नका लागि परियोजना प्रभावकारी भइरहेको कार्यक्रमका फिल्ड संयोजक उर्मिला गोलेले जानकारी दिइन् ।

परियोजना अन्तर्गत नारीसिपले यसअघि मकवानपुरको विभिन्न ठाउँमा सुरक्षित बसाई सराई तथा मानव बेचविखन विरुद्द सडक नाटक प्रदर्शन गरिएको थियो ।

मनहरि ४ मा वैशाख २७ , हेटौडा उपमहानगरपालिका वडा नं १४ वैशाख २९ गते सडक नाटक प्रस्तुत गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*