कल्याणपुरमा बडा कार्यालय भवन
बिदुर – नुवाकोटको बिदुर नगरपालिका १३ को बडा कार्यालय भवन निर्माण गरिएको छ । नयाँ भवनबाट कामकाज सुरु गरिएको छ । कल्याणपुरको देउडीमा नवनिर्मित पक्कि आधुनिक भवनवाट बिदुर १३ वडा कार्यालयले आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ भवनबाट सेवा प्रवाह सुरु भएसँगै वडाध्यक्ष भरत तामाङसहित वडा कार्यालयका सम्पुर्ण कर्मचारीहरू नियमित रूपमा सेवामा खटिएका छन् । आधुनिक र व्यवस्थित भवनबाट सेवा सञ्चालन भएपछि सेवाग्राहीले थप सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्राप्त गर्ने वडाध्यक्ष तामाङको भनाई छ । उनका अनुसार यसअघि तल्लोदेउडीबाट सञ्चालन हुँदै आएको वडा कार्यालयको सेवा माथिल्लो देउडीस्थित साविक कल्याणपुर गाविस कार्यालय रहेको जग्गामा निर्माण गरिएको नयाँ भवनबाट सुरु हो ।

सरकारको संघीय अनुदान एककरोड १३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवन दुई तल्ले पांच कोठो रहेको छ । उक्त भवनबाट वडा कार्यालयको सम्पूर्ण प्रशासनिक सेवा प्रदान गर्न थालिएको हो । नयाँ भवनबाट घरबाटो प्रमाणित सिफारिस प्रदान गरेर सेवाको औपचारिक शुभारम्भ गरिएको छ । बडाको नयाँ भवन सञ्चालनमा आएसँगै वडा कार्यालयका सेवाग्राहीले सुविधा प्राप्त गरेका छन् ।











































