दुनाटपरी उद्योग सन्चालन

– प्लाष्ट्रिक नियन्त्रण अभियान
लोकखबर
२०८३ असार ३०, मंगलवार ००:४६

बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढीमा दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । यसवाट बनजन्य स्रोतको सदुपयोगसँगै रोजगारी प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । डिभिजन वन कार्यालय नुवाकोटको आर्थिक तथा प्राविधिक सहयोगमा बेलकोटगढी नगरपालिका १२ मदानपुरमा सन्चालन गरिएको दुनाटपरी उद्योगको उद्घाटनसमेत गरिएको छ ।

सो दुनाटपरी उद्योगलाई निजीक्षेको साझेदारीमा सञ्चालनमा ल्याईएको हो । दुनाटपरी उद्योग उद्घाटन कार्यक्रममा डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्मा, बेलकोटगढी नपा १२ का वडाध्यक्ष डिल्लीराम सिलवाललगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । उद्योग उद्घाटनका अवसरमा डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माले उद्योग सञ्चालनमा आएसँगै स्थानीय स्तरमा उपलब्ध वनजन्य स्रोतको सदुपयोग, वातावरणमैत्री दुना–टपरी उत्पादन, रोजगारी सिर्जना तथा स्थानीय आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएको वताए ।

उद्योगलाई निजी क्षेत्रको साझेदारीमा नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ । यसबाट स्थानीय उत्पादनको प्रवद्र्धनसँगै परम्परागत सीपको संरक्षण र प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको बेलकोटगढी नपा १२ का वडाध्यक्ष डिल्लीराम सिलवालको भनाई छ ।


सर्वाधिक रुचाइएको