व्यवसायिक प्रचार रोक्न माग गर्दै पसल बन्द

लोकखबर
३१ जेष्ठ २०७६, शुक्रबार १७:२८

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा १०, मेनरोडमा व्यवसायिक प्रचार गर्न अनुमति दिइएको भन्दै विरोध स्वरुप स्थानीय व्यवसायीले पसल बन्द गराएका छन् ।

शुक्रबार यमाहाको प्रचार कार्यक्रम हुँदा आफ्नो व्यवसायलाई असर परेको भन्दै विरोध स्वरुप पसल बन्द गराएको व्यवसायीको भनाई छ ।
सार्वजनिक स्थानमा सेवामूलक कार्य गर्नुपर्नेमा व्यवसायिक प्रमोशनका कार्य हुनु गलत भएको भन्दै हेटौंडा उपमहानगरपालिकाले यसतर्फ ध्यान नदिएको व्यवसायीको गुनासो छ ।

आफूहरुले उपमहानगरलाई व्यवसायिक रुपमा प्रमोशनका लागि सार्वजनिक स्थान नदिइयोस् भनेर पटक पटक लिखित माग गर्दा पनि चासो स्थानीय व्यवसायी भन्दा प्रमोशन कार्यक्रम गर्ने पक्षमा उपमहानगर लागेको व्यवसायीको आरोप छ । चोकमै होहल्लाका बीच हुने कार्यक्रमले आफूहरुलाई मात्र नभई पैदलयात्रुलाई समेत असर परेको व्यवसायीको गुनासो छ ।

कुनै पनि उत्पादनको प्रचार गर्ने थलो हेटौंडाका अन्य सार्वजनिक स्थानलाई बनाउँन सकिने भन्ने जानकारी मकवानपुर उद्योग वाणीज्य संघलाई समेत आफूहरुले ध्यानाकर्षण गराएको अवस्थामा कतैपक्षबाट पनि सुनुवाई नहुँदा दुःख लागेको उनीहरुको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*