बुद्धिचाल संघ मकवानपुरको नेतृत्व माधव तिमल्सिनालाई

लोकखबर
१ असार २०७६, आईतवार ११:४९

मकवानपुर । नेपाल बुद्धिचाल संघको मकवानपुरको अध्यक्षमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना चयन भएका छन् ।

हेटौंडामा भएको संघको भेलाले सर्वसम्मत रुपमा तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिवमा नरेन्द्र भण्डारी, कोषाध्यक्षमा रुपकराज दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुशिल तण्डुकार, उमेश सिग्देल, सुजनसिँह ठकुरी , सम्झना रिजाल, राजाराम कँडेल निर्बिरोध चयन भएका छन् ।

संघको शनिबार नै बसेको पहिलो बैठकले उपाध्यक्षमा किशन घिसिङ र सदस्यमा सुजिता थिङलाई मनोनित गरेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*