फास्ट ट्रयाक निर्माणका क्रममा माण्डु हाइड्रोमा बिजुली उत्पादनमा समस्या

फास्टट्रयाक बनोस्, बिजुली उत्पादन पनि नरोकियोस् : स्थानीय
रामकुमार दानी
६ असार २०७६, शुक्रबार १०:४१

मकवानपुर । फास्ट ट्रयाक निर्माणका क्रममा मकवानपुरको भीमफेदी गाउँपालिस्थित माण्डु हाइड्रोको बिजुली उत्पादनमा समस्या भएको पाइएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा ८, इपा, दोभानस्थित माण्डु हाइड्रोको मिनि ड्याममा फास्ट ट्रयाक निर्माणका क्रममा माटो तथा ढुङ्गा परेपछि हाइड्रोमा पानी लैजान समस्या भएको भएको हो ।

‘सडक निर्माणका क्रममा ढुङ्गामाटो ड्याममा परेर पावर हाउससम्म पानी जान समस्या भइरहेको छ । ’ हाइड्रोपावरका सामाजिक अधिकृत विनोद अधिकारीले भने,‘दैनिक १२ घन्टा एक्साभेटर लगाउँदा पनि फास्ट ट्रयाकका कारण जम्मा भएको ढुङ्गामाटो हटाउँन सकिएको छैन ।’
सडक निर्माणका क्रममा केही दिनदेखि परेको समस्याका कारण बिजुली उत्पादन रोकिँदा दैनिक दश लाख रुपैया हाइड्रोलाई घाटा भइरहेको अधिकारीले बताए । अहिले आकाशबाट पानी पर्यो भने झन् मसस्या बढ्ने उनको भनाई छ ।

फास्ट ट्रयाकले जम्मा गरेको माटो सोर्न बिजुली उत्पादन रोकेर काम गर्दा पनि नसकिएको बताइएको छ । काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य धमाधम भएर विकासले गति लिएकोमा उत्साहित बनिरहेका स्थानीयलाई बिजुली उत्पादन रोकिदा चिन्तित बनाएको छ । हाइड्रोमा स्थानीय करिब १८ सय घरधुरीको लगानी छ । विकास चाहेका स्थानीय फस्ट ट्रयाक निर्माण कार्य पनि धमाधम हुनुपर्ने र हाइड्रोबाट बिजुली उत्पादन पनि रोकिन नहुने बताउँछन् ।

इपापञ्चकन्यामा निर्माण गरिएको हाइड्रो २२ मेगावाट क्षमताको छ । स्थानीयबासी समेतको लगानीको आयोजना भएकाले फास्ट ट्रयाक निर्माणका क्रममा विशेष ध्यान दिएर हाइड्रोलाई असर नपर्ने गरी निर्माण कार्य अघि बढाउँनुपर्ने स्थानीयबासी बताउँछन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*