गोल्फिनटारमा म्याजिक चल्न थालेपछि स्थानीयलाई सहज
मकवानपुर । मकवानपुरको हेटौंडा ११, सिमलटार, गोल्फीनटारमा म्याजिक गाडी चल्न थालेपछि स्थानीय यात्रुलाई सहज भएको छ । पन्ध्रदेखि बीस मिनेट हिडेर मुख्य सडकसम्म आउँनुपर्ने बाध्यतामा रहेका यात्रुलाई म्याजिक गाउँमै पुगेपछि सहजता भएको हो ।
आफ्नो टोलमै गाडी आएपछि बजार आवत जावत गर्न स्थानीयलाई सजिलो भएको गोल्फिनटार टोल विकास संस्थाका अध्यक्ष शेषराज रिमालले बताए । स्थानीय राम हटवालले अटो तथा विद्युतीय रिक्सामा महङ्गो भाडा तिर्नु परिरहेकोमा अब म्याजिक गाडीमा उचित भाडा तिरी घर बजार गर्न सकिने भएकोमा खुशी व्यक्त गरे । गोल्फिनटारमा यही असार १ गतेबाट म्याजिक चल्न थालेको हो ।