पन्चकन्या माविको ५८ औं अभिभावक भेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा रहेको पन्चकन्या माविको ५८ औं अभिभावक भेला भएको छ । अभिभावक भेलामा विद्यार्थीलाई छात्रवृति तथा पुरस्कार प्रदान गरिएको छ । विद्यालयका ६० जना विद्यार्थीलाई महेश्वर प्रकाश श्रेष्ठले एक लाख ५० हजार रुपैया बराबरको झोला, विद्यालय पोशाक, कापीकलम सहयोग गरे ।

पन्चकन्या माविको अभिभावक भेला
यस्तै, अभिषेक कठायत स्मृती छात्रवृति अक्षय कोषबाट २०७४ को एसइइमा सर्वोत्कृष्ट अंक ल्याउँनेलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा दलिततर्फबाट रेमन सुनार र एसइइमा सर्वोत्कृष्ट अंक ल्याउँने ङ्वाइथुप घलान रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद अधिकारीको अध्यक्षता तथा भीमफेदी गाउँपालिका वडा नम्बर ८ का कार्यबाहक अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।
भेलामा आनन्द कठायत विशीष्ट अतिथी, विद्यालयका प्रधानाध्यापक सुरेश कुमार ठकुरी लगायतको आतिथ्यता रहेको अमृत प्रसाद भट्टराईले जानकारी दिए ।