बाल आश्रममा पुगेर सहयोग
– खाद्यान्न तथा नगद हस्तान्तरण
बिदुर – नुवाकोटको बिदुरमा रहेको एक बालआश्रममा पुगेर लेखा परीक्षकहरुले विविध सहयोग गरेका छन् । खाद्यान्न तथा नगद सहयोग हस्तान्तरण गरिएको हो ।
लेखा परीक्षक संघ नेपाल अडानंको २१ औँ स्थापना दिवसको अबसरमा बिदुर नगरपालिका २ शिवालयटोलस्थित जनजाति कल्याणआश्रममा रहेका बालबालिकाहरुका लागि नगद तथा खाद्यान्न सामग्रीहरु हस्तान्तरण गरिएको हो । नगदका साथै चामल, दाल, नुन, चिनीलगायतका सामग्रीहरु हस्तान्तरण गरिएको लेखा परीक्षक संघ नेपाल अडानं नुवाकोटले जनाएको छ ।











































