ज्येष्ठ नागरिकसंग भावुक बनिन् उपाध्यक्ष पार्वती राना

भीमफेदी ६ मा ज्येष्ठ नागरिक सम्मान तथा वृद्द भत्ता वितरण
लोकखबर
१७ असार २०७६, मंगलवार ०८:४८

मकवानपुर । भीमफेदी गाँउपालिकाको वडा नं ६ मा जेष्ठ नागरिक सम्मान तथा बृद्द भत्ता वितरण गरिएको छ ।
गाउँ पालिकाकी उपाध्यक्ष पार्वती रानाको प्रमुख आतिथ्यता तथा वडा नम्बर ६ का अध्यक्ष सिताराम थापाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत जीवन कुवर, कार्यपालिका सदस्य मंगलादेवी श्रेष्ठ, वडा सदस्यहरु सनत घिसिङ, रेशम बहादुर पुलामी लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा उपाध्यक्ष रानाले गाउँ पालिकामा रहेका जेष्ठ नागरिकको हितको लागि कार्य गर्ने र सोही अनुरुप नीति तथा कार्यक्रममा समावेश गरी बजेट बिनियोजन गरिने बताईन् । गाउँपालिकाका सबै जेष्ठ नागरिकको परिचयपत्र तयार गरी वितरण गर्न सुरु गरिएको पनि उनले बताइन् । उपाध्यक्ष रानाले स्वास्थ्य बिमा गराउने र ६० बर्ष उमेर पुगेका जेष्ठ नागरिकका लागि यसबर्ष बाट घर घरमा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी पठाउने योजना रहेको पनि उनले बताइन् । ‘हामी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सुविधा दिलाउने अभियान सञ्चालन गर्ने योजनामा छौं ।’ उपाध्यक्ष रानाले भनिन्, ‘सबै बाबु आमालाई स्वस्थ्य र सम्मान पूर्वक जिउने आधारशिला तयार गरेर अगाडी बढ्ने हाम्रो योजना छ ।’

यस्तै, बुहारी सम्मान कार्यक्रम गरेर सासु, ससुरा, बाबु आमालाई इज्जतका साथ पालन पोषण गर्ने वातावरण बनाउन पाए आफूलाई खुशी मिल्ने बताइन् । जेष्ठ नागरिक सम्मान, जेष्ठ नागरिक अध्ययन अवलोकन भ्रमण लगायत बृद्दबृद्दा पार्क निर्माण गर्ने योजना समेत त्यहाँ सुनाउँदा उपस्थित ज्येष्ठ नागरिक प्रफुल्लित बनेका थिए । अब ज्येष्ठ नागरिकको वृद्दभत्ता बैंक मार्फत वितरण गर्ने व्यवस्था मिलाइने समेत उनको भनाई छ ।

कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिक नागरिकलाई सम्बोधन गरिरहँदा उपाध्यक्ष राना भावना बनिन्, उनको आँखा रसाए । ज्येष्ठ नागरिक पनि रुन थाले । रमाइलो भइरहेको कार्यक्रममा उपाध्यक्ष राना अनि ज्येष्ठ नागरिकका बीच आपसमा सुख, दुःखका कुरा भए । गाउँपालिकाका ज्येष्ठ नागरिकका सुख, दुःखका विषयमा आफू जानकार भएकाले ज्येष्ठ नागरिकका पक्षमा निरन्तर लागिपर्ने बताइन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*