दुर्घटना न्युनीकरणका लागि सचेतना

– विभिन्न स्थानमा होर्डिङबोर्ड जडान
लोकखबर
२०८३ श्रावण २५, सोमबार २२:४६

बिदुर – सवारी दुर्घटना न्यूनीकरण तथा सडक नियम सचेतनाका लागि नुवाकोटका विभिन्न स्थानमा ट्राफिक सचेतना सम्वन्धि होर्डिङबोर्ड स्थापना गरिएको छ । सडक सुरक्षाका लागि ट्राफिक नियमसम्बन्धि सचेतनाका लागि मुख्य सडकमार्गका विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक बोर्ड जडान गरिएको हो । ट्राफिक सचेतनामूलक होर्डिङबोर्ड विदुर नगरपालिका ८, ९ र १० बगुवा, कोलोनी र सिमुटार क्षेत्रमा सवारी साधन तथा सडक प्रयोगकर्ताको बढी आवतजावत हुने उपयुक्त स्थान छनोट गरी जडान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

जसमा ट्राफिक नियमको पालना, सडक अनुशासन कायम तथा सवारी दुर्घटना न्यूनीकरणमा यस्ता सचेतनामूलक बोर्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रमुख तथा प्रहरी उपरिक्षक बिनोद ढकालले जानकारी दिए । उनका अनुसार सडक प्रयोगकर्ता तथा सवारी चालकलाई ट्राफिक नियमको पालना गर्दै सुरक्षित र जिम्मेवार तरिकाले सडक प्रयोग गर्न आग्रह गरिएको छ । वढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमको जानकारी दिर्ने उद्देश्यले विभिन्न स्थानमा ट्राफिक सचेतनामूलक बोर्ड जडान गरिएको हो ।

बोर्डमार्फत सडक नियम, चालक अनुशासन, ट्राफिक नियमको पालना तथा सुरक्षित सडक प्रयोगसम्बन्धि जानकारी प्रदान गर्ने उद्देश्य राखिएको छ । ट्राफिक नियमको पालना, सडक अनुशासन कायम गर्न तथा सवारी दुर्घटना न्यूनीकरणमा यस्ता सचेतनामूलक बोर्डले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


सर्वाधिक रुचाइएको