राती सवारी चलाउन प्रशासनद्वारा रोक

– वर्षात् र पहिराको जोखिम
लोकखबर
२०८३ श्रावण २७, बुधबार ००:०३

बिदुर – वर्षात्का कारण पहिराको जोेखिम भएपछि नुवाकोटको केहि सडकमार्गमा रातीको समयमा यातायात सन्चालनमा रोक लगाइएको छ । नुवाकोटको उत्तरपुर्वी भेग जाने बाहुनवेसी–खरानीटार सडकखण्डमा रातीको समयमा यातायात सन्चालनमा रोक लगाइएको छ । नुवाकोटको पुर्वी भेग तादी, दुपचेश्वर र पन्चकन्या गाउंपालिका जाने बाहुनवेसी–खरानीटार सडकखण्डमा मंगलवार राती आठ वजेदेखि प्रत्येक दिन विहान ६ वजेसम्म अत्यावस्यक बाहेक अन्य यातायातका साधन सन्चालनमा जिल्ला प्रशासन कार्यालय नुवाकोटले रोक लगाएको हो ।

अर्को सूचना नआएसम्मका लागि रातीको समयमा यातायात सन्चालनमा रोक लगाइएको जारी सूचनामा उल्लेख छ । अविरल वर्षात्का कारण तादी गापा– ५ बाहुनबेसीमा मंगलवार पहिरोले बाटो अवरुद्ध भएको थियो । उक्त जोखिम न्युनीकरणका लागि यातायात सन्चालनमा प्रशासनले रोक लगाएको हो ।

जिल्ला प्रशासनले बाहुनवेसी–खरानीटार सडकखण्डमा जोखिम बढेको जनाउंदै रातीको समयमा आवागमन पूर्ण रूपमा बन्द गर्ने जनाएको हो । अत्यावस्यक एम्वुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधन भने सन्चालन हुन पाउने सूचनामा जनाइएको छ ।


सर्वाधिक रुचाइएको