तरकारी खेति प्रवद्र्धन कार्यक्रम

– किसानहरुलाई कृषि उपकरण हस्तान्तरण
लोकखवर विशेष संवाददाता
२०८३ श्रावण २७, बुधबार ००:४३

बिदुर – तरकारी खेतितर्फ आत्मनिर्भर गराउने उद्धेश्यले नुवाकोटको पञ्चकन्या गाउँपालिकामा तरकारी खेति प्रवद्र्धन कार्यक्रम सन्चालन गरिएको छ । सो कार्यक्रममा आवद्ध किसानहरुलाई आधुनिक कृषि उपकरणहरु हस्तान्तरण गरिएको छ । पन्चकन्या गापाको समन्वय र रुडेक नेपालको आर्थिक सहयोगमा तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत कांक्रो खेती गरिरहेका कृषकहरुलाई प्रोत्साहन गरिएको छ ।

कार्यक्रमअनर्तगत किसानहरुलाई आवश्यक कृषि सामग्रीहरु हस्तान्तरण गरिएको छ । किसानहरुलाई पानी राख्ने हजारी, प्लाष्टिक तथा आवस्यक किटनासक औषधिहरु हस्तानतरण गरिएको हो । पहिलो चरणमा ४० जना किसानहरुलाई कृषि उपकरणहरु हस्तान्तरण गरिएको छ ।

कार्यक्रमकावीच किसानहरुलाई पन्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठककेसी, सहयोगी संस्था रुडेक नेपालका अध्यक्ष मीनकुमार केसी, पन्चकन्या गापाका कृषि विकास शाखाका कर्मचारीहरु, रुडेक नेपालका कर्मचारीहरुले उक्त उपकरण हस्तान्तरण गरेका हुन् । कृषि सामग्रीहरुको सदुपयोग गरि तरकारी उत्पादनमा वढोत्तरी गर्न अध्यक्ष तेजबहादुर तामाङ रमेशले सुझाव दिएका छन् ।


सर्वाधिक रुचाइएको