महिलाको शव कोठामा भेटियो
– श्रीमान पक्राउ
बिदुर – नुवाकोटको बट्टारमा पत्नीको शव झुण्डिएको अवस्थामा फेला परेपछि पति पक्राउ परेका छन् । नुवाकोट प्रहरीले घटनाको विषयमा उजुरी परेको जनाएको छ ।

बिदुर नगरपालिका १३ घर भई बिदुर ४ बट्टारमा बस्ने १९ वर्षिया विनीता श्रेष्ठ कोठामा मृत फेला परेकी हुन् । माइती पक्षको उजुरीका आधारमा मृतकका पति २४ वर्षिय सरोज श्रेष्ठलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए ।










































