किसानहरुलाई कृषि उपकरण हस्तान्तरण

– उत्पादन वढोत्तरीमा जोड
लोकखबर
२०८३ श्रावण ३०, शनिबार २२:०५

बिदुर – उत्पादन वढोत्तरीमा जोड दिदै नुवाकोटको तारकेश्वर गाउँपालिकाका किसानहरुलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ । कृषकहरुलाई अनुदानमा ति सामग्रीहरु प्रदान गरिएका हुन् ।

कृषकहरूको कृषि कार्यलाई सहज, आधुनिक तथा प्रभावकारी बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा पाउद्वार महिला साना किसान कृषि सहकारी संस्थासँगको सम्झौता अनुसार एर्कैपटक ३० थान इलेक्ट्रिकल स्प्रे मेसिन वितरण गरिएको हो । किसानहरुलाई गापा अध्य शिव अधिकारी अविरलले ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

उनले कृषि उपकरणले कृषकहरूको श्रम तथा लागत घटाउँदै कृषि कार्यलाई थप सहज बनाउनुका साथै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने वताए । अधिकारीले आधुनिक प्रविधिको प्रयोग गरि कृषि उत्पादन बढाई आत्मनिर्भर हुन किसानहरुलाई आग्रह गरे ।


सर्वाधिक रुचाइएको