खोलाले वगाउंदा आमाछोराको मृत्यु
– पोष्टमार्टम गरि शव परिवारको जिम्मा
बिदुर – नुवाकोटवाट रसुवातर्फ जांदै गर्दा बीचमा रहेको खोलाले वगाएर आमाछोरोको मृत्यु भएको छ । शव अस्पतालमा पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको छ । नुवाकोटको लच्याङमा कुखुराको दाना लिएर फर्किने क्रममा वीचमा रहेको घ्याङमार झोम्सो खोलााले बगाएर रसुवाको नौकुण्ड गाउंपालिका २ घ्याङमारकी ३५ वर्षिया डुक्पानेकोर तामाङ र उनको छोरा ११ वर्षिय पूर्णबहादुर थोक्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

खोलाले वगाएको एकदिन पछि आमाछोराका शव मृत अवस्थामा फेला परेको हो । प्रहरी चौकी यार्साको प्रहरी टोलीले खोलाको किनारमा आमा डुक्पानेकोर तामाङ र छोरा पूर्णबहादुर थोक्राको शव रसुवाकै नौकुण्ड गापा २ स्थित जोङ्सा खोलाको वीचमा ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको रसुवा प्रहरीले जनाएको छ ।











































