मन्दिर निर्माणका लागि आर्थिक सहयोग

– गुरुकुल सन्चालनका लागि शिक्षिकाले दिइन् नगद
लोकखवर शिक्षा संवाददाता
२०८३ भाद्र ४, बिहीबार ००:१८

बिदुर – नुवाकोटको बिदुर नगरपालिका ५ स्थित दुई विद्यालयमा पुर्व विद्यार्थी तथा शिक्षिकाले आर्थिक सहयोग गरेका छन् । मन्दिर निर्माण र गुरुकुल सन्चालनार्थ आर्थिक सहयोग गरिएको हो । चन्द्रज्योती मावि परिसरमा सरस्वती मन्दिर निर्माणका लागि पुर्व विद्यार्थी तथा बिदुर नपा ५ पिपलटारका राममणि न्यौपानेले २० हजार तीनसय ८८ रुपैया प्रदान गरेको विद्यालयले जनाएको छ ।

सरस्वती मन्दिर निर्माणका लागि आर्थिक संकलन सुरु गरिएको प्रधानाध्यापक बासुदेव पनेरुको भनाई छ । विदुर नगरपालिका ४ बट्टार घर भई शहिद जगतप्रकाशजंग शाह संस्कृत माविका शिक्षिका सीता नेपालले सो विद्यालयमा गुरुकुल सन्चालनका लागि आर्थिक सहयोग गरेकी छन् । उनले आफ्नो स्व. पति प्रेमप्रसाद रिजालको ४५ औैं दिनको पुन्यतिथिको अवसरमा पतिको स्मृतिमा विद्यालयमा संस्कृत गुरुकुल संचालन गर्न पांचहजार पाँच रुपैया प्रदान गरेको विद्यालयले जनाएको छ ।


सर्वाधिक रुचाइएको