कुमरीमा दन्त शिविर

– सर्वसाधारणले लिए सेवा
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ भाद्र ४, बिहीबार २३:३७

बिदुर – सर्वसाधारणको सुविधाका लागि नुवाकोटको पुर्वी भेगमा कुमरीमा निःशुल्क दन्त उपचार शिविर गरिएको छ । यसवाट गाउवासीले आफ्नो दांतको उपचार गराएका छन् । बेलकोटगढी नगरपालिका ३ स्थित कुमरी स्वास्थ्य चौकीमा विहीवार एक दिने दन्त परिक्षण तथा उपचार शिबिर संचालन गरिएको छ ।

अमेरिका स्थित बिवाइयु युनिभर्सिटीका चिकित्सक तथा प्राध्यापकहरुको सहभागितामा सन्चालित निःशुल्क दन्त उपचार शिविरमा एकैदिन एकसय ६४ जनाले सेवा लिएको बेलकोटगढी नपा ३ की वडाध्यक्ष कौशिला पुडासैनीले जानकारी दिइन् । उनका अनुसार बेलकोटगढी नगरपालिकाको पहल र बेलकोटगढी नपा ३ वडा कार्यालयको संयोजनमा कुमरी स्वास्थ्य चौकीमा दन्त परिक्षण तथा उपचार शिबिर सम्पन्न गरिएको हो । यसअघि उक्त कार्यक्रमको बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।

उनले गाउंमा दन्त उपचार शिविर गरिदा सदरमुकाम तथा काठमाडौं जान नसक्नेहरुले सुविधा र लाभ लिएको वताए । अन्य स्थानमासमेत स्वास्थ्य सचेतना कार्यक्रम गरिने मेयर गुरुङले वताए ।


सर्वाधिक रुचाइएको