फिकुरीमा सर्वसाधारण र विद्यार्थीको आंखा परिक्षण

– १६ जनाको मोतियाविन्दुको पहिचान, विद्यार्थीको दृष्टिदोष
लोकखवर विशेष संवाददाता
२०८३ भाद्र ४, बिहीबार २३:४५

बिदुर – गाउंवासी सर्वसाधारणको सुविधाका लागि नुवाकोटको फिकुरीमा आंखा परिक्षण कार्यक्रम गरिएको छ । मोतियाविन्दुका विरामीको पहिचान र विद्यार्थीहरुमा दृष्टिदोष रहेको पाइएको छ । किस्पाङ गाउंपालिका २ फिकुरीमा दुई दिनासम्म सर्वसाधारण र विद्यार्थीको गरि कुल पांचसय ११ जनाको आंआको परिक्षण गरिएको हो ।

रेडक्रस नुवाकोट, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाडौं तथा नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा दुईसय एक जना सर्वसाधारणको आंखा परिक्षण गर्दा १६ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान भएको तिलगंगा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र नुवाकोटका प्रमुख तारावहादुर वाइवाले जानकारी दिए ।  उनका अनुसार ज्ञानज्योति मावि फिकुरीमा अध्ययनरत तीनसय १० विद्यार्थीको आँखा परीक्षणसमेत गरिएको छ ।

जसमध्ये १६ जनाको आंखामा दृष्टिदोष रहेको पाइएको छ । दुई दिनसम्म रेडक्रस किस्पाङ शाखा तथा काहुले उपशाखाको समन्वयमा फिकुरी गाउं र स्थानीय विद्यालयमा आँखा जाँच कार्यक्रम गरिएको हो । बालबालिकाको आँखामा देखिने समस्या समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्श प्रदान गर्न यस प्रकारको कार्यक्रम प्रभावकारी भएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विद्यार्थी तथा सर्वसाधारणको आँखाको स्वास्थ्य सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । “बालबालिका तथा सर्वसाधारणले आफ्नो आँखाको समयमै परीक्षण गरी दृष्टिसम्बन्धी समस्या पहिचान गर्नु अत्यन्त महत्वपूर्ण रहेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको