आगलागीवाट लाखौंको क्षति
– घर, अन्नपात, खाद्यान्नसमेत गरि लाखौंको नोक्सान
बिदुर – नुवाकोटसंगै जोडिएको रसुवाको युब्रामा एक व्यक्तिको घर आगजनी भएको छ । रातिको समयमा नौकुण्ड गापा २ युब्राका ६५ वर्षिय लार्का थोक्राको घर आगजनी हुंदा घर, अन्नपात, खाद्यान्नसमेत गरि लाखौंको नोक्सान भएको प्रहरीले जनाएको छ ।

थोक्राको जस्तापाताको छानो भएको ढुङ्गा माटोले बनेको दुई तले भान्सा घरको माथिल्लो तलामा रहेको दाउरा वाल्ने चुल्होबाट आगो बाहिर सल्कन गई आगलागी भएको प्रहरीले जनाएको छ । आगजनीवाट घर पूर्णरूपमा क्षति हुदा तीन लाख पचास हजार, पाइप २ क्वाइल ३२ हजार बराबरको, चामल २ बोरा पाँच हजार बराबर, लोकल कुखुरा ५ वटा, हाँस १ समेत गरी करिव १० हजार बराबरकोसमेत गरि कुल तीन लाख ९७ हजार रुपैया वरावरको जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।










































