सिन्दुरेखोला बाढीले पुल वगायो
– पुर्वी भेगमा अविरल वर्षात्
बिदुर – त्रिशूली नदीमा वाढीको आलैमा नुवाकोटको पुर्वी भेगमा रहेको स्थानमा अविरल वर्षात् हुंदा बाढी पहिरोको जोखिम वढेको छ । सिन्दुरे खोलामा आएको ठूलो बाढीले झोलुङ्गे पुल बगाएको छ ।

नुवाकोटको पुर्वी भेगमा परेको अविरल वर्षात्संगै सिन्दुरे खोलामा आएको ठूलो बाढीले झोलुङ्गे पुल बगाउनुका साथै आसपासका क्षेत्रमा लगाइएको खेतीबालीमा समेत ठूलो क्षति पु¥याएकोस्थानयिवासीले वताए । बाढीले खतियोग्य जमिन कटान गरेकोछ । बाढीका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।











































