२० लाख वढि सहयोग

– अर्थमन्त्रीलाई हस्तान्तरण
लोकखबर
२०८३ भाद्र २०, शनिबार २२:२२

बिदुर – भोटेकोशी नदी हुदै त्रिशूलीमा आएको विनासकारीे बाढीबाट प्रभावित परिवारहरूको लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । रेस्टुरेन्ट चेन सेकुवा बाई किलोले बाढी पीडितहरुको सहयोगका लागि २० लाख ११ हजार १ सय ११ सहयोग गरेको हो । सेकुवा बाई किलोले भदौ १६ गते (सेप्टेम्बर १) आफ्ना कलंकी, झम्सिखेल, दरबारमार्ग, लाजिम्पाट र बाँसबारी गरी पाँचवटै आउटलेटको एकसय प्रतिशत बिक्री रकम बाढीपीडितका लागि दिने घोषणा गरेको थियो ।

त्यससँगै, कम्पनीका सबै कर्मचारीले एक दिनको तलब र बोर्ड सदस्यहरूले प्रत्येक १ लाख योगदान गरेका थिए । संकलित रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । बाढीपीडितको राहतका लागि सेकुवा बाई किलोले गरेको सोे योगदानमा ग्राहक, कर्मचारी र व्यवस्थापन सबैको सहभागिता रहेको छ ।


सर्वाधिक रुचाइएको