बाढी पीडितलाई सरसफाइका सामग्री

– ३० घर वगेका बाढी पीडितहरुलाई प्रदान
लोकखबर
२०८३ भाद्र २०, शनिबार २२:२८

बिदुर – विनासकारी बाढीले घर वगाएको नुवाकोटको ढुंगे वजारका बाढी पीडितहरुलाई एक सहयोगी अभियानले सरसफाइका सामग्रीहरु प्रदान गरेको छ । नुवाकोटको ढुंगेमा शनिवार ३० घर वगेका बाढी पीडितहरुलाई स्मार्ट योग एण्ड  एरोविक धरहराले कपडालगायतका सरसफाइका सामग्रीहरु प्रदान गरेको हो ।

ढुंगे वजारका बाढी पीडितहरुलाई उक्त अभियानका जानकी चक्रधर, दामोदर श्रेष्ठ, ज्ञानु श्रेष्ठ, मन्जु श्रेष्ठ, विन्जु राजभण्डारीले ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।  ढुंगेवजार माइती भएकी भगवती उप्रेतीनेपालको पहलमा अभियानका अध्यक्ष तुलसी डंगोल, तथा रामरत्न माली, विमला शाक्य, ज्ञान महर्जन र रत्ना शाक्यको समन्वयमा ढुंगे वजारका बाढी पीडितहरुलाई सरसफाइका सामग्रीहरु प्रदान गरिएको हो । नुवाकोट र रसुवामा अन्य संघसंस्थाहरुलेसमेत राहत प्रदान गरिरहेका छन् ।


सर्वाधिक रुचाइएको