एकसय ९३ शव फेला, २६०४ वेपत्ता
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले धनजनको क्षति भएकाहरुको प्रारम्भिक तथ्यांक संकलन भइरहेको छ । मननवीय तथा भौतिक क्षतिको संख्या वढिरहेको छ । बाढी गएको १० दिन अर्थात् भदौ २० गते शनिवारसम्म विनासकारी वाढीमा परेर एकसय ९३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

बाढीले नुवाकोटको बिदुर र वेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउंपालिका धेरै प्रभावित भएका छन् । हालसम्म बाढीले दुइहजार ६ सय चार जना वेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । जसमध्ये एकहजार आठसय ७३ जना नेपाली पुरुष, एकसय चार जना विदेशी पुरुष छन् भने वांकी सवै महिला रहेका छन् ।

हालसम्म हेलिकप्टर र स्थलमार्गमार्फत तीनहजार तीनसय ९८ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ६६ जना घाइतेको उद्धार गरि अस्पताल पठाइएको छ । विभिन्न २५ वटा आश्रित केन्द्र सन्चालन गरिएका छन् । जसमा एकहजार दुईसय ११ महिलासहित दुईहजार सातसय १४ जना आश्रित रहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।











































