मिनेटभरमै बगर वन्यो ऐतिहासिक देवीघाट
बिदुर – नुवाकोटमात्रै नभई देशकै धार्मिक पर्यटकिय गन्तव्यको रुपमा प्रख्यात रहेको प्रसिद्ध देवीघाट वजार प्रलयकारी बालीले निलेको छ । भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाकाबाट त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले देवीघाट वजार तथा त्यहां रहेका अधिकांश संरचनाहरु खण्डहर वनाइदिएको हो । बिदुर नगरपालिका ५ स्थित त्रिशूली र तादी नदीको संगमस्थल देवीघाट त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–बिदुर–रसुवागढी सडकमार्गको दायांवाया फैलिएको प्रसिद्ध बजार थियो ।

नुवाकोटको दक्षिणी भेगको प्रमुख बजारी केन्द्रसमेत थियो । बाढीले देवीघाट वजार कुचोले वढारेजसरी वढालेको छ । सयौं घरको नामोनिशान नै छैन् । देवीघाट वजारमा अहिले अस्थिपन्जर घरमा वचेखुचेका सामानहरु संकलन गर्ने काम वाढी पीडितहरुले गरिरहेका छन् । उक्त स्थानमा वाढीले दुई जनाको मृत्यु हुनुका साथै ११ जना वेपत्ता रहेका छन् । बाढीले उक्त स्थानमा रहेको प्रसिद्ध जालपादेवी मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, गणेश मन्दिर वगाउनुका साथै शिवधाममा वाढी पसेर क्षतिग्रस्त वनाएको बिदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ ।

उनका अनुसार उद्धार, राहत तथा पुर्नस्थापनाको काममा स्थानीय तह क्रियाशील भएका कारण भौतिक क्षतिको पुर्ण विवरण संकलन हुन वांकी रहेको वताए । देवीघाट वजारमा रहेको झण्डै पांचसय घरमध्ये ९५ प्रतिशत बाढीले नष्ट गरेको छ । केहि घरमात्रै मर्मत गरेर व्यापार, व्यवसाय भने गर्न मिल्ने अवस्थाका रहेका छन् । धार्मिक, ऐतिहासिक देवीघाट वजारमा नेवार, व्राम्हण, क्षेत्रीलगायत मिश्रित समुदाय वसोवास गर्दै आएका थिए । एउटा मुल व्यापारिक केन्द्र देवीघाट अहिले बाढीले खण्डहर वनाइदिएको स्थानीय बाढी पीडित कृष्णवहादुर कोइरालाले वताए ।

उनका अनुसार तीनै तहको सरकारले छिट्टै पुर्नस्थापनामा जोड दिनुपर्ने माग गरे । अर्का बाढी पीडित मीनकुमार केसी तीन दशकको दुःख र मेहनत बाढीले ३० मिन्ेटमै स्वाहा पारिदिएको वताए । देवीघाट वजार धार्मिक पर्यटकिय गन्तव्यको स्थल रहेकोमा बाढीले अव विनास गरिदिएको दीपेन्द्र न्यौपानेले वताए । देवीघाट वजार अव हाम्रो जुनीमा उठ्न गाह्रो छ–दीपेन्द्रले दुःखि हुदै वताए ।

बाढीले पक्कि मोटरेवल पुल वगाएपछि मुल सडकमार्गमा वेलिव्रिज राखिने कार्य सुरु भएको छ । केहि दिनमै तादखिोलातर्फ मुल सडकमार्गमा वेलिव्रिज राखिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । वेलिव्रिजका लागि सेनाले आवस्यक संरचना वनाउने कार्य गरिरहेको छ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित त्रिशूल िनदीमा बाढीले पुल बगाएपछि आवतजावत सहज बनाउन तुइन सञ्चालनमा ल्याइएको छ ।

भदौ १० गते आएको विनाशकारी बाढीले देवीघाट बजारसहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको थियो । बाढीका कारण त्रिशूली नदीमाथि ओहोरदोहोरका लागि प्रयोग हुँदै आएका पक्की तथा झोलुंगे पुल बगेपछि विदुर नगरपालिका–३ र ५ का स्थानीयलाई नदी वारपार गर्न कठिनाइ हुँदै आएको छ ।स्थानीयको आवतजावतमा सहजता ल्याउने उद्देश्यले शुक्रबार साँझ ५ बजेदेखि देवीघाटमा तुइन सञ्चालनमा ल्याइएको विदुर नगरपालिका–५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । पुल पुनर्निर्माण नहुँदासम्म तुइनले नदी वारपार गर्नुपर्ने बाध्यता रहेकाले यसको सुरक्षित सञ्चालन र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।












































