बाढीग्रस्त क्षेत्रमा प्रभावित भन्दा वढि दर्शक
बिदुर – भोटेकोशी हुँदै चीनवाट रसुवागढी नाका हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको विभिन्न प्रमुख वजारहरु ध्वस्त पारेको छ । हजौं घर विलिन भएका छन् । लाखौं प्रभावित भएका छन् । भदौ १० गते वुधवार विहान १० वजे आएको अकल्पनीय बाढीले नुवाकोटको ढुंगे, त्रिशूली, देवीघाट तथा वेत्रावति वजार वगरमा परिणत गराइदिएको छ ।
नुवाकोटमा मात्रै आइतवार वेलुकीसम्म दुईहजार ६सय ७३ जना वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । एकसय ९६ जनाको शव निकालिएको छ भने ६६ जना घाइतेलाई उद्धार गरि उपचार भएको प्रशासकिय अधिकृत रुपेशप्रसाद नेपालले जानकारी दिए । तीनहजार चारसय ११ जनाको उद्धार गरिएको छ । उद्धारका लागि पांचसय वढि हेलिकप्टर फ्लाइट भएको छ ।

बाढी प्रभावित क्षेत्रमा पीडित भन्दा दर्शक धेरै भेटिने गरेका छन् । बाढीग्रस्त क्षेत्रमा आएर दर्शकहरुले टिकटक वनाउने, फेसवुकमा फोटो राख्नेहरु धेरै आउने गरेको ढुंगेको बाढी पीडित राजु शाक्यले वताए । उनका अनुसार अहिले बाढी प्रभावितहरुलाई आश्रित केन्द्रहरुवाट पुर्नस्थापना गर्न जरुरी रहेको छ । वालवालिकाहरुले वाढी आएको प्रत्यक्ष आंखाले देखेका कारण उनीहरलाई मानसिक स्वास्थ्य सुरक्षाको प्मुख आवस्यकता रहेको शाक्यले वताए ।
काठमाडौवाट दुई घण्टाको दुरीमा रहेका कारण अहिले नुवाकोटको बाढी प्रभावित स्थानहरु ढुंगे, त्रिशूली, देवीघाट, शुभघाटलगायतका स्थानमा हेर्नका लागि दैनिक हजारौं जना पुगिरहेका हुन्छन् । बाढीग्रस्त क्षेत्रमा पुगेर टिकटक वनाउने, फोटो तथा भिडियो खिच्नेहरुको विहान १० देखि वेलुकी पांच वजेसम्म नै भीड हुने गरेको अर्का बाढी पीडित राजेन्द्र धमला वताउंछन् ।












































