वर्षाको प्रभाव

बर्षाका कारण माण्डु हाइड्रोमा बिजुली उत्पादन रोकियो  

रामकुमार दानी
१ श्रावण २०७६, बुधबार १०:००

मकवानपुर । वर्षाका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा ८, इपा, दोभानस्थित माण्डु हाइड्रोमा विजुली उत्पादन रोकिएको छ ।
हाइड्रोको प्लान्ट (इनलेथ) मा खहरेले गिट्टी, बालुवा ल्याएर भरेपछि पानी सप्लाई नभएपछि उत्पादन रोकिएको हो ।

फास्टट्रयाकले वारीपारी खनेका ढुङ्गा हाइड्रोको प्लान्टमा अड्किएपछि पानी पास हुन समस्या भएको हो ।

वर्षाका कारण बिजुली उत्पादमा रोकिएपछि दैनिक बीस लाख रुपिया उद्योगलाई घाटा लागिरहेको माण्डु हाइड्रोका सामाजिक विकास अधिकृत विनोद अधिकारीले जानकारी दिए ।

हाइड्रोमा स्थानीय करिब १८ सय घरधुरीको लगानी छ । बिजुली उत्पादन रोकिँदा त्यसबाट स्थानीय शेयरधनीलाई पनि प्रभाव पर्ने भएपछि हाइड्रोमा उत्पादन रोकिँदा उनीहरु चिन्तित छन् । इपापञ्चकन्यामा निर्माण गरिएको हाइड्रो २२ मेगावाट क्षमताको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*