त्रिशूली अस्पतालको विकल्पमा उपचार

– पुल वगाएपछि आयुर्वेवाट उपचार
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ भाद्र २४, बुधबार १७:५२

बिदुर – भोटेकोशी नदी हुदै रसुवागढी नाकावाट त्रिशूली नदीमा आएको अकल्पनयि बाढीका कारण त्रिशूल िनदीमाथिको दुईवटा पुल वगाएपछि त्रिशूली अस्पताल पुग्न आम सर्वसाधारणलार्य समस्या भएको छ । अस्थायी रुपमा उपचार केन्द्र सनचालन गरिएको छ । त्रिशूल िनदी वारपार गर्ने पुल बाढीमा बगेपछि त्रिशूली अस्पतालमा उपचारका लागि पुग्न समस्या भएका बिरामीलाई लक्ष्यित गर्दै वैकल्पिक स्थानबाट स्वास्थ्य सेवा सुरु गरिएको हो । त्रिशूली अस्पताल व्यवस्थापन समितिका अनुसार बेली ब्रिज निर्माण भएर नियमित आवतजावत सहज नहुँदासम्म त्रिशूली वारी अर्थात् पुर्वि भेगका बिरामीलाई लक्ष्यित गरी बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक औषधालय, तल्लो पिपलटारबाट स्वास्थ्य सेवा सुरु गरिएको छ ।

त्रिशूली अस्पतालबाट दुईजना मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोली पिपलटारस्थित आयुर्वेद अस्पतालमा खटिएका छन् । आयुर्वेद तथा वैकल्पिक औषधालयसँग समन्वय गरी मंगलवारेदेखि ओपीडी तथा आईपीडी सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीले त्रिशूली नदी वारपार गर्ने पुललगायतका विभिन्न संरचना बगाएपछि वारीपारी आवतजावतमा समस्या हुँदै आएको छ ।

अस्थायी रूपमा तुइनको व्यवस्था गरिए पनि बिरामी, वृद्धवृद्धा तथा अन्य नागरिकलाई नदी वारपार गर्न कठिनाइ भइरहेको अस्पतालका प्रम्ुख डा. राजेन्द्र लामाको भनाई छ । यही समस्यालाई मध्यनजर गर्दै त्रिशूलीवजारमा बेलीब्रिज निर्माण भई यातायातको सहज विकल्प नबनेसम्म त्रिशूली वारीका बिरामीलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । त्रिशूली अस्पतालमा नुवाकामेट, रसुवाका साथै धादिङको उत्तरी भेगवाट सर्वसाधारण उपचारका लागि आउने गरेका थिए ।


सर्वाधिक रुचाइएको