नेकपा मकवानपुरमा इन्चार्ज कुमारी

मकवानपुर। नेकपा मकवानपुरको इन्चार्जको जिम्मेवारी कुमारी मोक्तानले पाउने भएकी छिन् । नेकपाको केन्द्रीय सचिवालय बैठकले मोक्तानलाई इन्चार्ज चयन गरेको बुझिएको छ ।
तत्कालीन एमाले र माओवादी केन्द्रबिच पार्टी एकताका विषयमा भएको सहमती अनुसार मोक्तानले इन्चार्जको जिम्मेवारी पाएकी हुन् ।
तत्कालिन नेकपा एमाले तथा माओवादी केन्द्रबिच एकिकरण भएपछि पार्टी अध्यक्ष तत्कालीन एमाले भएको जिल्लामा इन्चार्ज माओवादी केन्द्रको तर्फबाट हुने सहमति भएको थियो । सहमती अनुसार इन्चार्जमा मोक्तानले जिम्मेवारी प्राप्त गरेपछि तत्कालीन एमालेका विरोध खतिवडा भने सहइन्चार्ज हुने भएका छन् ।
मोक्तानले जिल्ला इन्चार्जको जिम्मेवारी पाएको विषयमा नेकपा मकवानपुरका केही नेतासंग लोकखबरले जिज्ञासा राख्दा यसबारेमा औपचारिक निर्णय भएको कुरा आफूहरुलाई थाहा नभएको बताए । साउन ५ गते को बैठकपछि मात्र पार्टीको आधिकारिक धारणा हुने जनाइएको छ ।