सभामुखद्वारा बाढीग्रस्त नुवाकोटको निरीक्षण
बिदुर – सभामुख डोलप्रसाद अर्यालले त्रिशूली नदीमा आएको विनासकारी बाढीले क्षति गरेको नुवाकोटको विभिनन स्थानको निरीषण गरेका छन् । उनले बाढीग्रस्त विभिन्न स्थानको स्थलगत अवलोकन निरीक्षण गर्दै क्षतिको अवस्था तथा पुर्ननिर्माणको समवन्धमा चासो लिएका हुन् । सभामुख अर्यालले भोटेकोशी बाढीको क्षति र समस्याबारे विदुर नगरपालिकालगायतका स्थानमा भएको प्रभावको बिदुर नपाका मेयर राजन श्रेष्ठमार्फत व्रिफिङ लिएका हुन् । मेयर श्रेष्ठले विनासकारी वाढीले नेपालको विकासको संरचनालाई ५० वर्षपछाडि धकेलिदिएको वताए ।

उनले सभामुख अर्यालसमक्ष भोटेकोशी बाढीले पारेको क्षति, उत्पन्न समस्या तथा तत्काल आवश्यक पहलका विषयमा विस्तृत विवरण प्रस्तुत गरेका हुन् । भोटेकोशी हुदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट विदुर नपाका विभिन्न वडामा भएको क्षति तथा प्रभावित नागरिकका समस्याबारे विशेष वैठक सम्पन्न भएको छ । वैठकमा राहत, पुनःस्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित नागरिकका तत्कालीन आवश्यकताका विषयमा छलफल गर्दै संघ, प्रदेश, स्थानीय तह तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा जोड दिइएको छ ।

कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल, सांसद बोधनारायण श्रेष्ठ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, उपमेयर प्रभा बोगटीलगायत प्रभावित वडाका वडाध्यक्षहरूको पुर्नस्थापना तथा पुर्ननिर्माणका विषयमा चर्चा गरेका थिए । विदुर नपाका प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिबद्ध रहेको जनाएको छ ।

बाढीबाट विदुर नपाका विभिन्न वडामा पुगेको क्षति, प्रभावित नागरिकका समस्या तथा राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा विशेष छलफल भएको हो । विदुर नपाले बाढी प्रभावित नागरिकको समस्या समाधानसँगै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएको छ ।



















































