देवीघाट बेलिव्रिज निर्माण अन्तिम चरणमा
बिदुर – भोटेकोशी नदीवाट रसुवागढी नाका हुदैँ त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको देवीघाटमा पुल वगाएपछि अवरुद्ध त्रिदेहिय सडकमार्ग सुचारु गर्न बेलिव्रिजको निर्माण कार्य धमाधम भइरहेको छ । एक सातादेखि भइरहेको बेलिव्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाढीले त्रिदेशिय सडकमार्ग अन्र्तगत रहेको वीरगन्ज–गल्छी–देवीघाट–बिदुर–रसुवागढी सडकखण्डको वीचमा रहेको देवीघाटस्थित तादी खोलामा दुई वटा पुल वगाएपछि आवागम सुचारु गर्न सेनाले बेलिव्रिजको निर्माण कार्य गरिरहेको छ ।

विपत्तिले भत्कायो पुनः आशाको पुल जोड्दैछौँ भन्ने नारासहित बिदुर नगरपालिका ५ र बेलकोटगढी नपा ८ जोड्ने तादी खोलामाथिको निर्माणाधिन उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको सेनाले जनामएको छ । पुलको निर्माण कार्य सकेर विहीवारदेखि यातायात सुचारु गरिने सेनाको तयारी छ । पुलको निर्माण कार्य सकेर विहीवार उद्घाटन गरिने सेनाका प्रवक्ता राजाराम वस्नेतले जानकारी दिए ।

देवीघाटस्थित तादी खोलामा बेलिव्रिजको निर्माण कार्य नेपाली सेनाका इन्जिनियरिङ तर्फका ५५ जनाको टोलीद्वारा पुल निर्माणको कार्य गरिरहेका छन् । उक्त पुल ५० मिटर लम्वाइको हुने जनाइएको छ । उक्त बेलिव्रिजको निर्माण सकेकर आवागमन सुरु हुने वित्तिकै लाखौं सर्वसाधारण लाभानिवत हुने प्रवक्ता वस्ने्तले वताए ।देवीघाटमा पुल उद्घाटन गरेर त्रिशूली र वेत्रावतिमा बेलिव्रिजको निर्माण कार्य सुरु गरिने जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।

सेनाले बाढीबाट क्षतिग्रस्त भएका मध्ये मर्मत योग्य ५ वटा झोलुङ्गे पुहरुको मर्मत कार्य गरिरहेको छ । अन्य १५ वटा झोलुङ्गे पुलहरुको मर्मतको तयारी भइरहेको जनाएको छ । यसका साथै, नेपाली सेनाका इन्जिनियरबाट बिदुर नपा १ ढुङ्गे बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने २ सय ५० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको परामर्श सहित कार्य भइरहको छ । विपद्ले क्षति पु¥याएका संरचनालाई पुनःनिर्माण गर्दै नेपाली सेना जनताको आवागमन सहज बनाउन निरन्तर खटिरहेको सेनाले जनाएको छ ।

यसका साथै भीषण बाढीले बगाएको तथा हिलो र ढुंगासहितग्रेगरको डुबानमा परेको विदुर नपा–५ स्थित देवीघाट बजार क्षेत्रमा विदुर नपा कार्यालयमार्फत उपलब्ध गराइएको हेभी उपकरण प्रयोग गरी पुरिएका संरचना खोतल्ने र फोहोर हटाउने कार्य भइरहेको छ । भोटेकोसी हुदै त्रिशूली नदीमा आएको विनासकारी बाढीले त्रिशूली नदीमा रहेका पुलहरु बगाएसगैँ नदी वारपार गर्न अबरुद्ध भएको आउजाउ सुचारुको प्रयास स्वरुप ढुङ्गे–त्रिशूली, सिमचउर–गौरीबेशमा मोटरेबल पुल निर्माणको लागी बिदुर नपाका मेयर राजन श्रेष्ठसहित प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायत सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेनाको अधिकारीसहितको प्राविधिक टोली, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालका सल्लाहकार आरपी महतलगातयले ससमचौर पुगेर सम्भाव्यता तथा प्राविधिक अध्ययन गरेका हुन् ।

पुल निर्माणको लागी प्राविधिक प्रतिवेदन प्राप्त भएलगत्तै कार्य प्रारम्भ गर्ने नेपाली सेनाले जनाएको छ । यसैवीच, प्रतिनिधिसभाको अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन भएको छ । प्रतिनिधिसभा अर्थ समितिको सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यहरुमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लीमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैद्धिक सदस्य रहेका छन् । समितिका सभापति डा कृष्णहरि बुढाथोकीले उपसमितिले भोटेकोशी बाढीसँग सम्बन्धि र जलवायु वित्तसम्बन्धी अध्ययन गरी आगामी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्नका लागि कार्यदेश दिइएको बताए ।

उनले उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिइएको जानकारी दिए । भोटेकोशी नदी हुदै हुदै त्रिशूलीमा आएको बाढीका कारण हजारौं घर वगेका छन्, तीन दर्जनभन्दा वढि पक्कि पुलहरु वगेका कारण त्रिदेशीय मार्ग ठप्प भएको छ ।













































